Visite officielle du secrétaire général du Quai d’Orsay au Népal

Le secrétaire général du Quai d’Orsay, Maurice Gourdault-Montagne, le patron des diplomates français, proche de Jacques Chirac et d’Alain Juppé et ami de Dominique de Villepin, effectue aujourd’hui sa première visite officielle de deux jours au Népal pour marquer le 70ème anniversaire de l’établissement des relations diplomatiques entre les deux pays.
फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोंतान नेपाल भ्रमणमा

फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो-मोन्तान दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आईपुग्दै छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा हुन लागेको गुर्दो-मोंतानको नेपाल भ्रमणको क्रममा दुई देशबीच सचिव स्तरीय परामर्श संयन्त्रको बैठक हुनेछ। महासचिव मोरिस गुर्दो मोन्तानले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली संग पनि परामर्श गर्ने छन।

बैठकपछि दुवै देशका परराष्ट्र सचिवले सिहदरबारमा आयोजना गर्ने संयुक्त पत्रकार सम्मेलनमा नेपाल–फ्रान्सको कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा तयार पारीएको प्रतिक चिन्ह सार्वजनिक गरिनेछ, सद्भावना दूत संग भेट गराईने र वर्षभरि आयोजना गरीने विविध कार्यक्रमबारे पनि चर्चा गरीने छ।

यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग १२ नोभेम्वरमा (कात्तिक २६ गते) प्यारीसमा भेटवार्ता गर्नुभएको थियो ।

सन् १९७८ मा फ्रान्सेली विदेश मन्त्रालयमा सरकारी सेवा सुरु गरेका गुर्दो-मोन्तान पूर्व राष्ट्रपती ज्याक सिराक तथा पूर्व प्रधान मन्त्री अाँल्या जुप्पे निकटका ब्यक्ति हुन भने पुर्व परराष्ट्र तथा प्रधान मन्त्री दोमिनिक दो भिल्पाँका एउटै कक्षाका सहपाठी हुन। बिगतमा जापान, चिन, भारत, बेलायत, जर्मनी लगायतका मुलुकमा राजदूत वा कायममुकायम राजदूत को रुपमा काम गरिसकेका गुर्दो मोन्तानलाई गत साल वाशिङ्टनमा राजदूत नियूक्त गरीएको थियो। तर त्यतिखेर भर्खरै निर्वाचित यूवा राष्ट्रपती एमान्नुएल माख्रोंको चाहना बमोजिम उनी फ्रेन्च कूटनीतिमा सर्वोच्च पदमा नियुक्त भएका हुन।

गुर्दो-मोन्तान नेपालका लागी फ्रान्सेली राजदूत फँस्वा-एक्जाभिए लेजेरका नजिकका ब्यक्ति हुन । नेपाल बारे उनको रुचि आगामी दिनमा दुई देशबिचको संवन्धमा लाभदायक हुन सक्ने छ।

५ छोरा छोरीका बुबा महासचिव मोरिस गुर्दो-मोन्तान १० वोटा भाषाका ग्याता हुन। उनि फ्रान्सेली भाषाको साथ साथै अंग्रेजी, जर्मन, स्पेनिस, इटालियन, जापानिज, उर्दु, रसियन, अरबीयन र बम्बारा भाषामा कुराकानी गर्न सक्छन।

आफ्नो दुई दिने नेपाल भ्रमण पुरा गरी महासचिव गुर्दो-मोंतान बिहिवार दिउसों नयाँ दिल्ली तर्फ उड्ने छन ।
(France Nepal Média)

Laisser un commentaire

Votre adresse de messagerie ne sera pas publiée. Les champs obligatoires sont indiqués avec *